नियम ११
कार्यालयले आदेश दिन सकिने
परिषद्ले कुनै गुणस्तरलाई संशोधन वा रद्द गरेमा कार्यालयले इजाजतपत्रवालालाई देहाय बमोजिम आदेश दिन सक्नेछः–
(क) संशोधित गुणस्तर अनुरूप सम्बन्धित पदार्थको गुण–नियन्त्रण र परीक्षणको व्यवस्थामा वा उत्पादन प्रक्रियामा आवश्यक संशोधन गर्ने, वा (ख) सम्बन्धित पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा आदेशमा तोकिएको अवधिपछि गुणस्तर प्रमाण–चिन्ह वा प्रमाणपत्र प्रयोग नगर्ने ।